राजनीति

भिडियोमा हेर्नुहोस् राष्ट्रिय सभा निर्वाचन

काठमाडौं- राष्ट्रियसभा सदस्यको लागि प्रदेश नम्बर २ बाहेर सबै प्रदेशमा निर्वाचन भएको छ।  २ नम्बर प्रदेशमा आठै सिटमा निर्विरोध मनोनयन भैसकेको कारण बाँकी १,३,५,६ र ७ नम्बर प्रदेशमा निर्वाचन भएको हो। 

संविधानअनुसार एकल संक्रमणीय मत प्रणालीअनुसार प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना निर्वाचित हुने र ३ जना राष्ट्रपतिबाट मनोनित हुनेछन्। ५६ पदमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेकाले ३२ पदका लागि निर्वाचन हुन लागेको छ। प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामध्ये महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना हुनेछन्।

३ नम्बर प्रदेशमा राष्ट्रिय सभाको लागि ललितपुरमा मदतान भयो। मतदानमा जनप्रतिनिधिहरु उत्साहका साथ सहाभागि भएका थिए।

भिडियो: दिपेन्द्र रोक्का

 

प्रकाशित: २४ माघ २०७४ ०९:१९ बुधबार

भिडियोमा हेर्नुहोस् राष्ट्रिय सभा निर्वाचन