राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे बस्न लागेको हो।

आजको बैठकमा शुक्रबार दिउँसो बालकुमारीमा भएको घटनाबारे छलफल हुने बताइएको छ।

आज बिहान प्रधानमन्त्री दाहाललाई गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले घटनाबारे जानकारी गराएको थियो।

सो बैठकमा बालकुमारी क्षेत्रमा खटिएका सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक ९सई० बोधराज दनुवार निलम्बन गर्नेबारे छलफल भएको थियो। त्योसँगै घटनामा मृत्यु भएकाको परिवारलाई १० लाख दिनेबारे पनि छलफल भएको बताइएको छ। 

सोहीबारे छलफल र निर्णय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएकाे बताइएको छ।

प्रकाशित: १४ पुस २०८० ०७:२२ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल