राजनीति

बालकुमारी घटनामा प्रदर्शनकारीले उठाएका मागमा गम्भीर बन्नु: कांग्रेस

नेपाली कांग्रेसले कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारी स्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनीसहितको घटनाप्रति दुःख व्यक्त गरेको छ। 

पार्टी प्रभार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नु माग गरेको छ। साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न कांग्रेसले सरकारसँग माग गरेको छ।

‘हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हार्दिक अपिल गर्दछ,’ कांग्रेसले भनेको छ।

प्रकाशित: १३ पुस २०८० ११:१२ शुक्रबार

नेपाली कांग्रेस