राजनीति

प्रदेश नम्बर २ : कांग्रेस संसदीय दलको नेतामा यादव

जनकपुरधाम – नेपाली कांग्रेसले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा रामसरोज यादवलाई चयन गरेको छ। धनुषा ३ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य यादवलाई सोमबार विमलेन्द्र निधिको अध्यक्षतामा जनकपुरमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो।

प्रदेश २ मा कांग्रेसका प्रत्यक्ष निर्वाचित ७ तथा समानुपातिकका १२ गरी १९ सांसद छन्। यादव ६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये धनुषामा कांग्रेसका एक्ला निर्वाचित प्रदेशसभा सदस्य हुन्। आइतबार बसेको पहिलो प्रदेशसभा बैठकमा उनले पार्टीको तर्फबाट सम्बोधन गरेका थिए। 

प्रकाशित: २२ माघ २०७४ ११:३३ सोमबार

प्रदेश नम्बर कांग्रेस संसदीय दलको नेतामा यादव