राजनीति

काँग्रेस केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरु)

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा केहि समय अघिबाट सुरु भएको हो।

बैठकमा सरकारले एक वर्षमा गरेका कामहरूको समीक्षा हुने छ। साथै काँग्रेसका तर्फबाट सरकारमा सामेल भएका मन्त्रीहरूको कार्यशैली, क्षमता र उनीहरूको गरेका कामहरूको समेत समीक्षा हुने छ।

यसअघिका बैठकले मिति सारेको महासमिति बैठकको तयारी तथा निश्चित भइसकेको राष्ट्रिय सभाको निर्वाचनका विषयमा समेत बैठकमा छलफल हुने छ।

 

प्रकाशित: १२ पुस २०८० ०८:४८ बिहीबार

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक