राजनीति

राष्ट्रिय सभा निर्वाचनः सातै प्रदेशका लागि निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ।

निर्वाचन आयोगले बिहीवार एक सूचना जारी गर्दै सातवटै प्रदेशका निर्वाचन अधिकृतहरू नियुक्त गरेको जनाएको छ। नियुक्त भएका सबै निर्वाचन अधिकृतहरू जिल्ला न्यायाधीश हुन्।

नियुक्त हुनेहरुमा कोशी प्रदेशमा मोरङ जिल्ला अदालतमा कार्यरत न्यायाधीश  दुर्गाप्रसाद ढुंगेल, मधेस प्रदेशमा धनुषा जिल्ला अदालतमा कार्यरत न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशमा मकवानपुर जिल्ला अदालतमा कार्यरत न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशमा कास्की जिल्ला अदालतमा कार्यरत न्यायाधीश केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशमा दाङ जिल्ला अदालतमा कार्यरत न्यायाधीश कृपासुर कार्की, कर्णाली प्रदेशमा सुर्खेत जिल्ला अदालतमा कार्यरत न्यायाधीश विष्णुप्र्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्ला अदालतमा कार्यरत न्यायाधीश ओमप्रकाश अर्याल छन्।

निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेसँगै पुस १६ गते सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचन कार्यक्रम सुरु गर्ने कार्यक्रम रहेको जनाएको छ।

प्रकाशित: १२ पुस २०८० ०७:५९ बिहीबार

निर्वाचन आयोग राष्ट्रिय सभा राष्ट्रिय सभा सदस्य निर्वाचन निर्वाचन अधिकृत सातवटै प्रदेश निर्वाचन अधिकृतहरू नियुक्त जिल्ला न्यायाधीश