राजनीति

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

काठमाडौँ – राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । माघ २४ गते हुने निर्वाचनका लागि आइतबार राती १२ बजे बाट मौन अवधि सुरु भएको हो।

मौन अवधि सुरु भएसँगै कुनैपनि राजनीतिक दल, उम्मेद्वार, पदाधिकारी, मतदाता लगायतले कुनै पनि चुनावी प्रचार प्रसारमा सहभागी हुन नपाइने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार ५९ सिट मध्ये २४ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ३५ मध्ये ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछिन् भने ३२ सिटको लागि  ५२ जनाले बुधबार प्रतिष्पर्धा गर्दैछन्।

प्रकाशित: २२ माघ २०७४ ०३:५३ सोमबार

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु