राजनीति

नेपालबाट ल्हासाको सिधा उडान दोस्रो सेतु:मन्त्री किराँती

चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोश्रो सेतुको रुपमा स्थापित भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले  बताएका छन्।

विहिबार हिमालयइन एयरलाइन्सको काठमाडौँ ल्हासा उडानको उद्घाटन गर्दै  उनले यस्तो बताएका हुन।

मन्त्री किरातीले भने 'सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो। त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ। अब दोस्रो प्रमुख सेतु हुनेछ( नेपालबाट तिब्बतमा हुने सोझो हवाई उडान। तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरू घुम्न आउने गर्छन् जसमध्ये ठूलो सङ्ख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरूको हुने गर्छ जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने छ।'

प्रकाशित: १२ पुस २०८० ०७:५० बिहीबार

सुदन किराँती