राजनीति

प्रदेश नम्बर ६ को प्रथम प्रदेशसभा बैठक सुरु

सुर्खेत-  प्रदेश नम्बर ६ को प्रथम प्रदेश सभा बैठक सुरु भएको छ। डिभिजन सिचाइँको हलमा सुरु भएको बैठकमा सांसदहरु उत्साहका साथ सहभागि भएका छन्।

पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गरेका छन्। बैठकले सभामुखको निर्वाचन मिति तोक्ने छ। प्रदेश ६ मा ४० जना प्रदेश सांसद रहेका छन् ।

प्रकाशित: २१ माघ २०७४ ०८:१५ आइतबार

प्रदेश नम्बर को प्रथम प्रदेशसभा बैठक सुरु