राजनीति

सहिदको तस्बिर नराखिएको भन्दै केहीबेर बैठक अवरुद्ध, अर्को बैठक २९ गते बस्ने

काठमाडौं- प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ। अर्को बैठक माघ २९ गतेलाई बोलाइएको छ। यस्तै सभामुखको निर्वाचनको मिति फागुन २ गतेलाई तोकिएको छ।

बैठक स्थलमा सहिदको तस्बिर नभएको भन्दै केहीबेर माओवादी केन्द्र र राजपाका सांसदहरुले बैठक अवरोध गरेका थिए। सभामुखले अर्को बैठकमा तस्बिर राखिने भनेपछि बैठक पुन सुचारु भएको थियो। बैठकको अध्यक्षता जेष्ठ सदस्य लखनलाल चौधरीले गरेका थिए।

जनकपुर स्थित शैक्षिक तालिम केन्द्रमा व्यवस्था गरिएको बैठक स्थलमा सुरक्षा व्यवस्था दुरुस्त पारिएको छ।  

सभाहलभित्र १७७ कुर्सीको व्यवस्था गरिएको छ जसमध्ये १०७ प्रदेश सभा सदस्य तथा ७० संसद् सचिवालयका कर्मचारी एवं अतिविशिष्ट पाहुनाका लागि छुट्याइएको हो।

 

प्रकाशित: २१ माघ २०७४ ०७:५५ आइतबार

सहिदको तस्बिर नराखिएको भन्दै केहीबेर बैठक अवरुद्ध बैठक २९ गते बस्ने