राजनीति

प्रथम प्रदेश सभा बैठक सुरु

जनकपुरधाम- प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक सुरु भएको छ। प्रदेशसभाको प्रथम बैठकको लागि सभास्थललाई दुलही झैं सिंगारिएको छ। प्रदेश सांसद उत्साहका साथ बैठकमा सहभागि भएका छन्। बैठकले सभामुखको निर्वाचनको मिति तय गर्ने छ।

जनकपुर स्थित शैक्षिक तालिम केन्द्रमा व्यवस्था गरिएको बैठक स्थलमा सुरक्षा व्यवस्था दुरुस्त पारिएको छ।  

सभाहलभित्र १७७ कुर्सीको व्यवस्था गरिएको छ जसमध्ये १०७ प्रदेश सभा सदस्य तथा ७० संसद् सचिवालयका कर्मचारी एवं अतिविशिष्ट पाहुनाका लागि छुट्याइएको हो।

 

 

प्रकाशित: २१ माघ २०७४ ०६:५१ आइतबार

प्रथम प्रदेश सभा बैठक सुरु