राजनीति

कर्णालीवासीको चासो, प्रदेश सभा बैठक

जुम्ला – ६ नम्वर प्रदेशसभाको पहिलो बैठकलाई कर्णालीवासीले चासोका साथ हेरेका छन्।  संघीयता कार्यन्वयनको औपचारिक सुरुवात पनि पहिलो बैठकबाटै हुने र कर्णालीलाई संघीयता आएको महसुस हुने खालको निर्णय हुनेमा कर्णालीवासी आशावादी रहेका छन्।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले पूर्वाधारको वुख्याँचा देखाएर ६ नम्वर प्रदेशको पुच्छरमा राजधानी तोकेको भन्दै कर्णालीलाई सम्मानजनक सहभागिता र सम्बोधनका लागि पहिलो बैठक शुरु हुनुपूर्व ध्यानाकर्षण गराए।  

महतले अभावै अभावको प्रदेश नवनाउन सुझाव दिदै कर्णालीको समृद्धिका प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यलाई सबै प्रकारका अन्याय सहेर नवस्न आग्रह गरेका हुन्।

 

प्रकाशित: २१ माघ २०७४ ०५:२५ आइतबार

कर्णालीवासीको चासो प्रदेश सभा बैठक