राजनीति

प्रदेश २ को पहिलो प्रदेशसभा बैठक बस्दै

जनकपुर – प्रदेश नम्बर २ को पहिलोे प्रदेशसभा बैठक बस्दै आज विहान ११ बजे बस्दैछ । प्रदेशसभाको प्रथम बैठकको लागि सभास्थललाई दुलही झैं सिंगारिएको छ।

जनकपुर स्थित शैक्षिक तालिम केन्द्रमा व्यवस्था गरिएको बैठक स्थलमा सुरक्षा व्यवस्था दुरुस्त गरिएको प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईंले जनाए।

प्रदेश सभाको बैठकको तयारीमा जुटेका शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, जनकपुरका इन्जिनियर महेश साहले सभाहलभित्र १७७ कुर्सीको व्यवस्था गरिएको जसमध्ये १०७ प्रदेश सभा सदस्य तथा ७० संसद् सचिवालयका कर्मचारी एवं अतिविशिष्ट पाहुनाका लागि छुट्याइएको बताए।

 
 

प्रकाशित: २१ माघ २०७४ ०५:०९ आइतबार

प्रदेश को पहिलो प्रदेशसभा बैठक बस्दै