राजनीति

कोशी प्रदेशसभामा सञ्चार विधेयक पेश गर्ने तयारी

फाइल तस्बिर

कोशी प्रदेश सरकारले ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८०’ प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले जानकारी दिए।

राईका अनुसार मन्त्रिपरिषद्को बैठकले  शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेको छ। यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको राईले बताए। 

प्रकाशित: ११ पुस २०८० १३:२७ बुधबार

कोशी प्रदेश