राजनीति

जाजरकोटमा अस्थायी आवास बनाउँदै तरुण दल

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल जाजरकोटको विभिन्न स्थानमा पुनर्निर्माण अभियानमा जुटेको छ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङ नेतृत्व टोलीले जाजरकोटमा हालसम्म ६० अस्थायी आवास निर्माण गरिसकेको तरुण दलका केन्द्रीय सदस्य पवन यादवले जानकारी दिए।

टोलीले जाजरकोटको रिम्ना, पिपे, रावत गाउँमा भूकम्प पीडितको लागि जस्तापाता सहित अस्थायी आवास निर्माण गरेको हो।

तरुण दलका केन्द्रीय सदस्य यादवका अनुसार टोली ७२ अस्थायी टहरा निर्माण गरी राजधानी फर्किने छ। टोलीले बुधबार जाजरकोटको खलङ्गा पुगेर थप आवास निर्माण गर्न उनले बताए। पुनर्निर्माणमा तरुण दलका ५० जना आबद्ध छन्।

प्रकाशित: ११ पुस २०८० १०:३६ बुधबार