राजनीति

नेकपा एसको केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट बस्दै

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। यो बैठक तीन दिनसम्म चल्ने बताइएको छ।

आज बिहान ११ बजेबाट सुरु हुने भनिएको बैठकमा पार्टी महाधिवेशनका तयारीका लागि आवश्यक दस्तावेजहरु तयार गर्ने बताइएको छ। साथै महाधिवेशनमा प्रस्तुत गरिने मूख्य एजेन्डाहरुबारे पनि छलफल हुने बताइएको  छ। 

बैठकमा पार्टी संगठनका विभिन्न पाटाहरुमा छलफल हुने जनाइएको छ। पार्टीका भित्र कुनै विवादहरु त्यसलाई सल्टाउने, समसामयिक राजनीतिकमा समेत छलफल हुने बताइएको छ।

प्रकाशित: ११ पुस २०८० ०१:४९ बुधबार

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक केन्द्रीय कमिटी पार्टी महाधिवेशन महाधिवेशन महाधिवेशनका तयारी