राजनीति

रुकुम पूर्वको सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौं – सर्वाेच्च अदालतले रुकुम पूर्वको सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

विहीबार सर्वाेच्चका न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले रुकुमकोटमा रहेको सदरमुकाम पुथाउत्तरगंगा नगरपालिका १२ को गोलखाडामा सार्ने सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा अघिल्लो विहीबार बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम सार्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध रुकुमकोटबासी आन्दोलित भएका बेला सर्वाेच्चले सदरमुकाम नसार्न भनेको हो।

सरकारको निर्णयविरुद्ध अभिवक्ता गणेश हमाललगायतले सर्वाेच्चमा मुद्दा दायर गरेका थिए।

प्रकाशित: १८ माघ २०७४ ०८:५४ बिहीबार

रुकुम पूर्वको सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश