राजनीति

अदालतको आदेशपछि निर्देशक डा. बसौलाले फेरि समाले कार्यभार

सरकारले बाध्य बनाई कामबाट निस्काशन भएका स्वास्थ्य विमा वोर्डका निर्देशक डा.दामोदर बसौला आइतवारदेखि पुरानै कार्यभार समाल्न पुगेका छन्। सर्वोच्च अदालतले गत शुक्रवार पुर्नवहालीको लागि अन्तरिम आदेश  गरेपछि उनी कार्यभार समालेका हुन्।

न्यायाधिश हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको संयुक्त इजलाशले कार्यान्वयन बसौलाई निलम्बन निर्णय  कार्यान्वयन नगर्न आदेश गरेको हो। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

कार्यभार समाल्दै डा. बसौलाले भने, ‘मैले न्याय पाएको छु, मलाई सर्वोच्चमा जानुअघि नै न्याय पाउँछु भन्ने सय प्रतिशत विश्वास थियो।’ 

बसौला २०७७ साल कात्तिकमा लोकसेवा आयोगको परिक्षामा उत्तीर्ण भई चार वर्ष कार्यकालको लागि निर्देशकमा छनौट भएका थिए। आफूलाई मन्त्री बस्नेतले निराधार आरोप लगाई स्पष्टीकरण सोधेको उनको गुनासो छ।

थप एक वर्ष कार्यकाल रहेका बसौलाले तय भएका स्वास्थ्य विमाका नीति तथा कार्यक्रम जनमुखी हुने गरी काम अघि बढाउने बताए। ‘१२ बुँदे नीति तथा कार्यक्रम निर्माण भइसकेको छ, त्योअनुसार हामी अघि बढ्छौ ’ उनले भने।  

निलम्बन गरेलगत्तै मन्त्री बस्नेतले पदीय जिम्मेवारी वहन नगरेको भन्दै तीन दिनको म्याद दिएर ११ बुँदै स्पष्टीकरण सोधेका थिए। असोज ४ गते बसौलाई मन्त्रालयले स्पष्टीकरण सोधेको थियो।

मन्त्रिपरिषदले असोज २४ गते तीन महिनाका लागि बसौलालाई निलम्वन गरेको थियो। निलम्वन गरेलगत्तै मन्त्रालयले मन्त्रलायकै डा.मदन कुमार उपाध्यायलाई निमित्त निर्देशकको रुपमा नियुक्ति गरेको थियो। गत कात्तिक १७ मा बसौला सर्वोच्च अदालतलमा मुद्दा दायर गरेका थिए।

प्रकाशित: ८ पुस २०८० ०७:०१ आइतबार

अदालतको आदेश न्यायाधिश हरिप्रसाद फुयाँल