राजनीति

दुईवटा नागरिकता लिएको आरोपमा गाउँपालिका अध्यक्ष विरुद्ध उजुरी

रोल्पा- रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बीरबहादुर खत्री विरुद्ध दुईवटा नागरिकता लिएको आरोप लगाउँदै छानविन माग गरिएको छ। स्थानीय हरिबहादुर पुनले छानविन माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएका हुन। फरक फरक नाम र फरक समयमा दुई वटा नागरिकता लिएकोबारे छानविन गरी कानुनी कारबाही गर्न माग गरिएको हो। नागरिकता दुई ब्यक्तिको नाममा छ तर एउटै ब्यक्तिको या दुई भाईको हो अनुसन्धान पछि थाहा हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जाहेरीमा खत्रीले ४ वर्षको फरकमा दुई वटा नामबाट नागरिकता लिएको आरोप लगाईएको छ। वास्तविक नाम भिउदे खत्री भएको र आफ्नै नाममा खत्रीले २०४२ मंसिर १० गते ३८९२ नम्बरको एउटा र २०४६ बैशाख १५ गते १८६ नम्बरको बीरबहादुर खत्रीको नाममा गरी दुईवटा नागरिकता लिएको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले सबै आरोप विपक्षीले राजनीतिक प्रतिशोधका कारण लगाएको भन्दै आफूले कानुनी रुपमै प्रतिवाद गर्ने बताए।

प्रकाशित: १७ माघ २०७४ १३:०० बुधबार

दुईवटा नागरिकता लिएको आरोपमा गाउँपालिका अध्यक्ष विरुद्ध उजुरी