राजनीति

न्यायमा पहुँच महत्वपूर्ण : प्रधानन्यायाधीश पराजुली (भिडियो)

काठमाडौं– प्रधानन्यायाधीश गोपाल पराजुलीले स्वतन्त्र न्यायको पक्षमा बोलीरहँदा स्वतन्त्र न्याय मात्र नभइ न्यायमा पहुँच हुनु महत्त्वपूर्ण कुरा रहेको बताएका छन्।

राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालमा अपराध संहिता तथा देवयानी संहितासम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम बोल्दै उनले भने,  ‘हामी परिवर्तित भइरँहदा, राज्यले परिवर्तनको महशुस गराइरहँदा, न्यायलयले कानुन सम्पादन गरिरहँदा हामीले यो कानुनलाई जनमानसामु कसरी प्रभावकारी ढङबाट कार्यन्वयन गराउने भनेर सोच्नुपर्छ।’ उनले प्रशिक्षणको उद्देश्यनै फैसला कार्यन्वयन प्रभावकारी बनाउनु र न्यायका नँया आयमहरुलाई आत्मसाथ गर्नु रहेको बताउँदै प्रशिक्षणका सहभागीहरुलाई शुभकामना दिए।  

प्रकाशित: १७ माघ २०७४ १२:३८ बुधबार

न्यायमा पहुँच प्रधानन्यायाधीश पराजुली भिडियो