राजनीति

वाम गठबन्धनलाई घमण्ड नगर्न सिंहको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रकाशमान सिंहले विधिप्रक्रिया पुरा गरेर तत्काल सत्ता हस्तान्तरण गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।

बेथानचोक गाउँपालिका ढुङखर्कमा आयोजित पाटनेखोला पुलको मंगलबार उदघाटन गर्दै नेता सिंहले कांग्रेस जनमतको सम्मान गर्दै जिम्मेवार प्रतिपक्षको  भुमिका निर्वाह गर्न तयार रहेकाले सत्ता हस्तान्तरणका बिषयमा निर्वाचनको प्रक्रियालाई पुरा हुन दिन आग्रह गरे।

जनमत जसले पाएको छ, उसैले सरकार सञ्चालन गर्छ भन्ने कुरा आफूहरुलाई कसैले सिकाउन नपर्ने उनको भनाई छ। कांग्रेस पनि पटक पटक सत्ता सञ्चालनको जनमत पाएको पुरानो पार्टी भएको भन्दै उनले प्रमुख प्रतिपक्षी केही होइन, सबै हामी मात्र हो भन्ने घमण्ड नगर्न वाम गठबन्धनलाई सुझाव  दिए।

सबै राजनीतिक दलहरु मिलेर जान सकेमात्रै लोकतन्त्रको रक्षा गर्न सकिने भएकाले यसभन्दा पहिलेका परिवर्तनजस्तै दलहरु बीचको बेमेलले परिबर्तन संस्थागत हुन नसकेका कुराहरुमा समेत ध्यानमा राख्नुपर्नेमा जोड दिँदै सबै मिलेर अघि बढ्न सके मात्रै सबैको हित हुने बताए।

कार्यक्रममा कांग्रेस काभ्रेका नेता कन्चन चन्द्र बादेले आफूहरु जिल्लाको विकासका लागि तेरो मेरो नभनि अहोरात्र जुट्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १६ माघ २०७४ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App