राजनीति

यी हुन् माओवादीका सम्भावित सभामुख उम्मेदवार

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेश सभाको लागि आइतबार पद बाँडफाँट गर्‍यो। बाँडफाँट सँगै सत्तामा आफ्नो स्थान सुरक्षित गर्न एमाले र माओवादीका प्रदेश सभा सदस्यहरुले लविङ थालेका छन्। अन्य प्रदेश भन्दा माओवादीको कमजोर उपस्थिति रहेको ४ नम्बर प्रदेशमा माओवादीले सभामुख पाउने सहमति भएको छ भने ५ नम्बर प्रदेशमा पनि माओवादीले सभामुख पाउने छ। कार्यदलले माओवादीले दुई मुख्यमन्त्री, दुई सभामुख र ४ उपसभामुख पाउने सहमति गरेको थियो।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा ६० र ४० को भागवण्डा गरेका एमाले माओवादीले प्रदेशको भागवण्डामा ७० र ३० मा घटवढ गरे।

को को छन् आकांक्षी ?

प्रदेश नम्बर ४ माओवादीको कमजोर क्षेत्र हो। यो प्रदेशमा वाम गठवन्धनले माओवादीको लागि सभामुख दिने सहमति गरेको छ। प्रदेश सभा सदस्यको अंकगणित अनुसार माओवादी उम्मेदवार सभामुख हुने निश्चित छ। प्रदेश ४ मा ६० जना प्रदेश सभा सदस्य छन् जसमा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक हुन्।

माओवादीका १२ जना प्रदेश साभामा निर्वाचित सांसदहरु पार्टीमा बराबरी हैसियतकै रहेकाले सभामुख को बन्ला भन्ने बढि चासो छ।

एमालेका २७ जना प्रदेश सभा सदस्य रहेको ४ नम्बरमा माओवादीका १२ जना प्रदेश सांसद छन्। माओवादीका १२ जना प्रदेश साभामा निर्वाचित सांसदहरु पार्टीमा बराबरी हैसियतकै रहेकाले सभामुख को बन्ला भन्ने बढि चासो छ।

काँस्की ३ ‘क’ बाट निर्वाचित रामजी प्रसाद वराल सभामुखका आकांक्षि हुन्। ‘जनयुद्धको’ को समयमा कास्की पर्वत लगायका जिल्लामा सेक्रेटरी भएका उनी अनुभवी नेताका रुपमा चिनिन्छन्। माओवादीमा उनी अवसर नपाएका नेताका रुपमा परिचित छन् । सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेबारे पार्टीले निर्णय गरिनसकेको बरालले बताए।

तनहुँ २ ‘क’ बाट विजयी आशा कोइराला हुन् अर्की आकांक्षी हुन्। पूर्व महिला बालबालिका तथा समाजकल्याणमन्त्री कोइराला अध्यनशील नेताको रुपमा चिनिन्छिन्। द्वन्दको समयमा उनी चर्चित महिला नेतृकोरुपमा थिइन्। उनले द्वन्दको समयमा जेलजीवन समेत विताएकी थिइन्। प्रदेश ४ का माओवादी महिला नेतृहरुमा उनी ‘सनियर’ हुन्। समानुपातिक तर्फबाट निर्वाचित गायत्री गुरुङको पनि सभामुखमा चर्चा छ। जनजाति तथा महिला भएको र ४ नम्बर प्रदेशलाई माओवादीले ‘तमुवान’ भन्दै आएकाले पनि उनलाई सम्भावितरुपमा हेर्न थालिएको एक माओवादी नेताले बताए। माओवादीको कम प्रभाव रहेको मुस्ताडमा संगठन निर्माण गर्न उनको भूमिका रहेको थियो। उनले मुस्ताङ जिल्ला सेक्रेटरी भएर समेत काम गरेकी थिइन् भन्ने काँस्कीको सहअध्यक्ष समेत भइन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव समेत हुन्। लमजुङकी मधु अधिकारी अधिकारीको पनि सभामुखमा दावी छ। उनी सहिद परिवार समेत हुन्। उनले २ बर्ष जेल जीवन विताएकी छन्। जनयुद्धमा जेल जीवन विताएकी उनले जनयुद्धकै क्रममा आफ्ना श्रीमानलाई गुमाएकी थिइन्। पार्टीमा उनले सभामुख वा त्यो नभए मन्त्रीमा आफ्नो दावी रहेको बताउँदै आएको स्रोतले बतायो। अधिकारीका श्रीमान् आसलाल गुरुङ उदिपुरमा सेनासँगको भिडन्तमा मारिएका थिए।

तनहुँ १ ‘ख’ का सांसद हरि बहादुर चुमान अर्का आकांक्षी हुन्। उनी ४ नम्बर प्रदेशमा निर्वाचित भएका मध्ये सबैभन्दा वरिष्ठ नेता हुन्। उनी माओवादीको केन्द्रीय सचिवालय सदस्य छन्। २०६२ देखि निरन्तर तनहुँ जिल्ला इन्चार्ज रहेका उनलाई माओवादीले अनौपचारिक रुपमा ४ संसदीय दलको संयोजन गर्ने जिम्मा समेत दिएको एक माओवादी नेताले जनाए।

कास्की १ ‘क’ बाट निर्वाचित माओवादीका युवा नेता दीपक कोइराला समेत सभामुखका सम्भावित उम्मेदवार हुन्। माओवादी सेनाका विग्रेड कमाण्ड हुँदै कास्की जिल्ला अध्यक्ष भएका कोइरालालाई गृह वा अर्थमन्त्रमन्त्रीको लागि समेत चर्चामा छन्। सकेसम्म कार्यकारी पदमा जाने उनको चाहना भए पनि सभामुखमा समेत उनको चर्चा रहेको छ।

पर्वत ‘क’ बाट निर्वाचित नेत्र अधिकारी अर्का सम्भावित उम्मेदवार हुन्। लामो समय माओवादी पार्टीमा विताएका अधिकारी लाभका पद नलिने नेताकोरुपमा चिनिन्छन्। सरल स्वभावका अधिकारी माओवादी भित्र सम्भावित सभामुखको लागि चर्चामा छन्। स्याङजा ‘क’ बाट निर्वाचित दिपक थापाको पनि सभामुखमा चर्चा रहेको छ।

 

 

 

 

 

 

प्रकाशित: १६ माघ २०७४ ०५:५६ मंगलबार

यी हुन् माओवादीका सम्भावित सभामुख उम्मेदवार