राजनीति

सरकार असफल भयाे भनी मिडियाहरूले नकारात्मक टिप्पणी गरे: प्रधानमन्त्री दाहाल

तस्बिर: विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहाल। तस्बिरः विनोद सुवेदी/नागरिक

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षले अहिलेको सरकारले ऐतिहासिक काम गरेको दाबी गरेका छन्।

बिहीबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा ऐतिहासिक काम भएको दाबी गरे।

उनले भने ‘भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा नेपालको इतिहासमै अहिलेको सरकारले गरेजत्तीको लेभलको काम भएको थिएन।’ दाहालले सरकारले राम्रा काम गरिरहेको भए पनि केही मिडियाहरूले बुझेर हो की नबुझेर सरकार असफल भयो भनेर नकारात्मक टिप्पणी गरिरहेको आरोप लगाए। प्रचण्डले भने, ‘सरकारले राम्रा काम गरेर कामका हिसाबले सयौँ रेकर्ड राखेको छ। तर, तपाई मिडियाहरूले समेत बुझेर हो की नबुझी हो सरकार असफल भयो भनेर नकारात्मक  टिका टिप्पणी गरिरहनुभएको छ।’ प्रधानमन्त्री दाहालले सरकार कामका हिसाबले सफल मात्रै हैन ऐतिहासिक रुपमै सफल भएको पनि दाबी गरे। उनले अहिलेको सरकारले विभिन्न बाधा र अबरोधकावीचमा पनि ऐतिहासिक रेकडै राख्ने गरी काम गरेकाले सरकार सफल भएको बताए।

मिटरब्याज समस्या समाधान भएको र सुशासनको पक्षमा यो सरकारले चलाएको जस्तो कारबाही प्रक्रिया कहिल्यै नचलेको उनले बताए। अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले पनि सरकार सफल भएको प्रचण्डको दाबी छ। उनले अब सरकार  नयाँ ढंगले अघि बढ्ने स्पष्ट पारे। विकास निर्माण र जनताको सेवाको कामहरूलाई अफेन्सिभ रुपमा अगाडि लैजाने तयारी गरिरहेको प्रधानमन्त्रीको भनाई छ  उनले भने, यो प्लान अनुसार मन्त्रालयलाई टार्गेट दिइन्छ। त्यो पूरा भएन भने कडा रुपमा जाने हुन्छ।’ उनले कोशकीको नामाकरणको विषयको असन्तुष्टिलाई छलफल र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखे। 

प्रकाशित: ५ पुस २०८० १४:०४ बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल