राजनीति

काँग्रेस मधेश प्रदेश सम्मेलन आजदेखि, सभापति देउवा जनकपुर आउँदै

नेपाली काँग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ। जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्।

जनकपुरधामस्थित तिरहुतिया गाछीमा ११ बजेदेखि सम्मेलन सुरु हुने नेपाली काँग्रेसको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले। सम्मेलनका लागि तिरहुतिया गाछीमा सम्पुर्ण तयारी भैसकेको छ ।

आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनको बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुनेछ।

बन्द सत्रमा प्रदेश प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय समितिका पदाधिकारी गरी ८ सयभन्दा बढीको उपस्थिति रहने सभापति यादवले बताए। बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदन पेस हुने पनि उनले बताए।

नेपाली काँग्रेसले यसअघि गत मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलन तथा यही पुस २ र ३ गते गण्डकी प्रदेश सम्मेलन सम्पन्न गरिसकेको छ।

प्रकाशित: ५ पुस २०८० ०२:१४ बिहीबार

नेपाली काँग्रेस मधेश प्रदेश मधेश प्रदेश सम्मेलन जनकपुरधाम सभापति शेरबहादुर देउवा शेरबहादुर देउवा महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र