राजनीति

एमालेले अब मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्छः योगेश भट्टराई

नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले पार्टीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताएका छन्।

पार्टीको मध्य पहाडी लोकमार्ग यात्राको क्रममा प्राप्त तथ्यहरुको आधारमा सो खाका तयारी पारी सरकारलाई दिने एमालेको योजना रहेको पनि उनले बताउनु भयो।  सचिव भट्टराईले सो यात्राको क्रममा आफूहरुले मध्य पहाडी क्षेत्रको विकासको सम्भावनालाई थेसिसको रुपमा ग्रहण गरेको र त्यसलाई विश्लेषण गरेर पार्टीले आगामी नीति तथा कार्यक्रमको रुपमा अघि बढाउने योजना रहेको पनि बताए।

उनले मध्य पहाडी क्षेत्रको उद्यमशीलता, रोजगारी अभिवृद्धि गर्ने विषयमा पनि ठूलो व्यवहारिक ज्ञान प्राप्त भएको बताए।सचिव भट्टराईले सो यात्राको क्रममा मुलुकको सामाजिक सम्बन्धलाई बलियो बनाउने काम गरेको दाबी समेत गरे।  

प्रकाशित: ४ पुस २०८० ०६:२४ बुधबार

लोकमार्ग योगेशकुमार भट्टराई नेकपा (एमाले) व्यवहारिक ज्ञान