राजनीति

पाल्पाको कार्यक्रमलाई लिएर गगनले भने 'सरी'

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरबाहीप्रति क्षमा मागेका छन्।

बुधबार बिहान थापाले सामाजिक सञ्जालमार्फत थापाले पाल्पाको जिल्ला सम्मेलनका क्रममा नगरपालिकाको बोर्ड ढाकेर कार्यक्रम गरिएको भन्दै  क्षमा मागेका हुन्।

थापाले लेखेका छन्, 'पाल्ला जिल्ला सम्मेलनका क्रममा भएको लापरबाहीप्रति क्षमा चाहन्छु, सरी ! सम्मेलनको लागि नगरपालिको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनुपर्‍यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो। त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरबाही हो। यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो पनि गल्ती हो। त्यसप्रति म माफी चाहन्छु। पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ। आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौँ।,'

काँग्रेसको पाल्पा जिल्ला सम्मेलनका क्रममा नगरपालिकाको बोर्ड ढाकेर कार्यक्रम गरिएको थियो।

प्रकाशित: ४ पुस २०८० ०६:२० बुधबार

कांग्रेस महामन्त्री गगन थापा