राजनीति

भारतीय दूतावासको कार्यक्रममा राष्ट्रपति र एमाले अध्यक्ष

काठमाडौं – भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

नेपालका लागि भारतीय दूतावास, काठमाडौँ र इन्डियन कल्चरल सेन्टरद्वारा यहाँ शनिबार आयोजित सो समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन।

समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुखलगायतको उपस्थिति थियो।

कार्यक्रममा भारतीय कलाकारले हिन्दी र नेपाली गीत प्रस्तुत गरेका थिए। रासस

प्रकाशित: १३ माघ २०७४ १६:२२ शनिबार

भारतीय दूतावासको कार्यक्रममा राष्ट्रपति एमाले अध्यक्ष