राजनीति

‘न्यायाधीश आलोचनाबाट मुक्त छैनन्’

काठमाडौं – सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले बौद्धिक विचारको मन्थन गरिने न्यायालयमा कानून व्यवसायीले सो कुरालाई ध्यान दिनुपर्ने बताएका छन्।

उच्च अदालत बार एशोशियशन पाटनको २३औँ वार्षिक साधारणसभामा शुक्रबार उनले स्वतन्त्र न्यायपालिकाको अवधारणानुसार अदालतको स्वतन्त्रता र निष्पक्षताका कायम राख्न सकेमा जनविश्वास बढ्ने बताए।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिका प्रजातान्त्रिक संस्था भएकाले न्यायाधीश पनि आलोचनाबाट मुक्त हुन नसकेको बताउँदै स्वच्छ न्याय सम्पादनका लागि सहयोग गर्न सबैलाई आग्रह गरे।

प्रकाशित: १२ माघ २०७४ १६:०९ शुक्रबार

न्यायाधीश आलोचनाबाट छैनन्