राजनीति

संसदीय बैठकहरुमा ऐनसेल प्रकरण र चिनीको मूल्यबारे छलफल हुने

फाइल तस्बिर

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने भएको छ।

बैठकमा हेटौँडा र उदयपुर सिमेन्ट उद्योगका समस्या र चिनीको मूल्य निर्धारण सम्बन्धमा छलफल जानकारी दिइएको छ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेलको विषयमा सरकारका तर्फबाट के कस्तो कारबाही भइरहेको छ? सो सम्बन्धमा छलफल हुने बताइएको छ।

प्रकाशित: ३ पुस २०८० ०३:५९ मंगलबार

संसदीय समिति उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति चिनीको मूल्य निर्धारण उदयपुर सिमेन्ट उद्योग राज्य व्यवस्था तथा सुशासन समिति