राजनीति

एकीकृत समाजवादीको बैठकमा विधान संशोधनबारे छलफल हुने

फाइल तस्बिर

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ। 

बैठक मध्यान्ह साढे १२ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने जानकारी दिइएको छ।  

आजको बैठकमा विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ। समाजवादीको बैठक सोमवारदेखि सुरु भएको हो।

प्रकाशित: ३ पुस २०८० ०३:३५ मंगलबार

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगर