राजनीति

नेकपा एसको सचिवालय बैठक सुरु

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो।

बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए।

उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ। गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो। रासस

प्रकाशित: २ पुस २०८० ०८:४२ सोमबार

नेकपा एकीकृत समाजवादी सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगर