राजनीति

यस्ता छन् प्रधानमन्त्रीका आजका कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल आज विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्। उनको अहिले ९ बजे ललितपुर महानगरपालिकाको स्थापना दिवस कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

ललितपुर महनगरपालिकाले आज आफ्नो १०५ औं स्थापना दिवस मनाइरहेको छ।

यस्तै बिहान ११ः३० बजे प्रधानमन्त्रीको त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।

त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोह दशरथ रंगशालामा आयोजन हुँदैछ।

प्रकाशित: २ पुस २०८० ०३:१७ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ललितपुर महानगरपालिका स्थापना दिवस त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोह