काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ। सोमबार प्रदेश इन्चार्ज सहित बसेको माओवादी शीर्ष नेताको बैठकले अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई उम्मेदवार चयन गर्ने जिम्मेवारी दिएको थियो।
जस अनुसार प्रदेश नं. १ बीना पोखरेल (महिला), प्रदेश नं. २ शशिकला दाहाल (महिला), प्रदेश नं. ३ रामबहादुर थापा (खुला), गंगा पराजुली (महिला) प्रदेश नं. ४ दीनानाथ शर्मा (खुल्ला) , खीमकुमार बि.क. (दलित). प्रदेश नं. ५ राजकुमार कुंवर (अल्पसंख्यक/अपांग), चन्द्र बहादुर खड्का (खुला), प्रदेश नं. ६ जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक), युटुल लामा (महिला), कालीबहादुर मल्ल (खुल्ला), प्रदेश नं. ७ लालिराम लोहार (दलित) र हरिराम चौधरी (खुला) रहेका छन्। प्रदेश २ मा एक जना उम्मेदवारको भने टुंगो लगाउन बाँकी रहेको छ।
प्रकाशित: ९ माघ २०७४ ०८:११ मंगलबार