अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टी सभापति शेरबहादर देउवाका कारण पार्टी चलायमान भएन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले पार्टी सभापतिका कारण काम गर्न पाइनँ र कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्ने कुरामा कुनै सत्यता नरहेको जिकिर गरे। पार्टी सभापतिले सबैलाई स्वतन्त्र रुपमा काम गर्न दिएको उनको दाबी छ।
प्रवक्ता महतले पार्टीका विभाग र भ्रातृ संगठनहरुले बिस्तारै पूर्णता पाइरहेको र क्रियाशील रहेको पनि जिकिर गरे।
प्रकाशित: २९ मंसिर २०८० १०:२८ शुक्रबार