राजनीति

प्रस्तावित न्यायाधिशको सुनवाईका लागि संसदीय बैठक बस्दै

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनवाईका लागि आज संसदीय समितिको बैठक बस्ने भएको छ।

समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा बस्न लागेको हो।

बैठकमा सर्वोच्च अदालतका लागि प्रस्ताव गरिएका न्यायाधिश शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ हुने जनाइएको छ।

प्रकाशित: २९ मंसिर २०८० ०३:५३ शुक्रबार

सर्वोच्च अदालत प्रस्तावित न्यायाधीश प्रस्तावित न्यायाधीशको सुनवाई संसदीय समितिको बैठक सिंहदरबार