राजनीति

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महासमितिकाे बैठक टुङ्गो लगाउने

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।

केन्द्रीय पार्टी कार्यालयले जनाएअनुसार उक्त बैठक मध्यान्ह १२ बजेपछि बस्ने छ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने तय गरिएको छ।

कांग्रेसले पूर्व निर्धारित महासमिति बैठक सार्ने तयारी गरिरहेको छ । विशेष गरी पार्टी सभापति शेरबहादुर देउवा उक्त बैठक सार्न चाहिरहेका छन् जबकि पार्टीले आगामी पुस १६ देखि १९ गतेसम्म उक्त बैठक गर्ने भनेको थियो ।

तर मङ्सिर १३ गतेको पदाधिकारी बैठकमा सभापति देउवाले उक्त समयमा बैठक उपयुक्त नहुने भन्दै सार्न प्रस्ताव गरेका थिए। त्यसैले महासमितिको बैठक टुङ्गो लगाउन कार्यसम्पादन समितिको बैठक बस्न लागेको एक पदाधिकारीले बताए । 

याे बाहेक बैठकमा समसामयिक राजनीति, जाजरकोट भूकम्पका पूर्व निर्धारित कामहरु सम्बन्धमा छलफल हुने बताइएको छ।

प्रकाशित: २९ मंसिर २०८० ०२:१३ शुक्रबार

सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति केन्द्रीय कार्यसम्पादन समितिको बैठक