राजनीति

ढुंगामुढा गरेर पहिचानको मुद्दा सम्बोधन हुँदैन: डा.कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले ढुंगामुढा गरेर पहिचानको मुद्दा सम्बोधन नहुने बताएका छन्। 

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले ढुंगामुढा गरेर समस्याको समाधान नहुने बताएका हुन्।

डा कोइरालाले  राजनीतिक दलहरू बसेर छलफल गरेर मात्रै पहिचानको मुद्दा सम्बोधन गर्न सकिने स्पष्ट पारे। डा. कोइरालाले भने, ‘पहिचानको मागलाई पुरै बेवास्ता गर्ने हैन राजनीतिक दलहरू बसेर छलफल गरेर मात्रै समस्याको समाधान गर्न सकिन्छ जस्तो लाग्छ। ढुंगामुढा गरेर समस्याको समाधान हुँदैन।’ डा कोइरालाले नेपाली काँग्रेसको नारा नै पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने भन्ने भएकाले छलफलको माध्यमबाट समस्याको समाधान गर्न सकिने डा कोइरालाले बताए। कोशी प्रदेशमा आएर मलाई भोट दिनुहोस् मलाई जिताउनुहोस्, म जातीय राज्य दिन्छु भन्नु प्रधानमन्त्रीको अराजक बोलेको बताए।

डा.कोइरालाले एनसेल प्रकरण देशकै निम्ति लज्जाको विषय भएको बताए। राजनीतिज्ञ, व्यापारी र कर्मचारी नमिली यतिठूलो घोटाला संभव नै नभएको स्पष्ट पारे। कोइरालाले भने ‘यति ठूलो घोटाला राजनीतिज्ञ, व्यापारी र कर्मचारी नमिली संभव नै छैन।’ डा कोइरालाले मुलुकको समस्या समाधान गर्न अहिलेको सरकारको नेतृत्व परिवर्तन आवश्यक रहेको बताए। कोइरालाले आफूले पहिले देखि नै काँग्रेसको नेतृत्वमा सरकार हुनुपर्ने धारणा राख्दै आएको बताए। उनले सरकारको अहिलेकै नेतृत्वबाट जनतामा आशा जगाउन नसकिने स्पष्ट पारे। 

प्रकाशित: २८ मंसिर २०८० १३:१६ बिहीबार

नेता डा.शेखर कोइराला