राजनीति

धनकुटामा ओलीमाथि आक्रमणकाे प्रयास

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमण प्रयास भएको छ।

एमाले झुलाघाट– चिवाभञ्ज्याङ सङ्कल्प यात्रामा रहेका ओलीलाई धनकुटामा आक्रमण प्रयास भएको हो।

सशस्त्र प्रहरीका डिआइजी अन्जनी कुमार पोखरेलले ओलीको स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीलाई छुन खोजेको बताए।

उनले भने उनले, 'राईले छुने प्रयास गरेका हुन्। छुन पाएनन्। उनले मादक पदार्थ सेवन गरेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। उनी पहिचानबादी नभएको पाइएको छ।'  

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको भिडिओमा स्वागतका लागि लाइनमा बसेका महेश राईले अध्यक्ष ओलीमाथि हातपात गरेको देखिन्छ। ओलीमाथि आक्रमण गर्न लागेको देखेपछि सुरक्षाकर्मीले राईको एउटा हात समाएको देखिएको छ।

प्रकाशित: २८ मंसिर २०८० ११:१२ बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली