राजनीति

सिम्रौनगढमा प्रहरीले गरेको दमनप्रति काँग्रेसद्वारा भर्त्सना

सत्तारुढ नेपाली काँग्रेसले बाराको सिम्रौनगढ नगरपालिकाकामा तलबको माग गर्दै  शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सुरक्षाकर्मीबाट भएको निर्मम दमन भएको जनाएको छ।

काँग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भर्त्सना गरेको हो। घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न, मृतकको परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न काँग्रेस सरकारसँग माग गरेको छ।

सिम्रौनगढ नगरपालिकाका ३२ वटा सामुदायिक तथा धार्मिक विद्यालयका १९० जना शिक्षकहरूले ६ महिनादेखि पारिश्रमिक नपाएको विषयलाई लिएर सिम्रौनगढ नगरपालिकाको मुख्य द्वारमा विगत दुई महिनादेखि धर्ना बसेका शिक्षकहरूमाथि हिजो सुरक्षाकर्मीले हस्तक्षेप गर्नुका साथै गोली चलाउँदा सिम्रौनगढ नगरपालिका वडा नंं। १ नन्सगरा ढाट बस्ने लक्ष्मी मुखिया विनको घटनास्थलमै मृत्यु भएको छ भने केही व्यक्तिहरू घाइते भएका छन्।

प्रकाशित: २८ मंसिर २०८० ०८:४१ बिहीबार