सुर्खेत – प्रदेशसभामा निर्वाचित सदस्यको सपथ कार्यक्रम तयारी पूरा भएसँगै सांसदहरूलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको छ।
६ नम्बर प्रदेशका ४० सांसद मध्ये काठमाडौँमा रहेका २७ जनालाई आइतबार सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो। शनिबार दिनभर र हवाई उडान अवरोध हुँदा उनीहरू काठमाडौँमै रहेका थिए।
आइतबार बिहान ११ बजे उनीहरूलाई सपथ खुवाउने कार्यक्रम रहेकाले हवाइजहाजबाट नेपालगञ्ज हुँदै सुर्खेत पुग्न सम्भव नभएपछि सेनाको हेलिकप्टर प्रयोग गरिएको हो।