राजनीति

‘एकताको साझा दस्तावेज’ बारे वालकोटमा छलफल

बालकोटमा अध्यक्ष ओली र दाहाल। तस्बिर सौजन्य: दाहालको सचिवालय

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शनिबार पार्टी एकताबारे थप छलफल भएको छ। सोमबार बस्ने पार्टी एकता संयोजन समितिका एजेण्डाबारे दुई छलफल भएको अध्यक्ष दाहालले बताए।

अध्यक्ष ओलीलाई भेट्न दाहाल दिउँसो वालकोट पुगेका थिए। छलफलमा राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठनका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताको साझा दस्तावेजका विषयमा कुराकानी भएको थियो।

यस अघि संयुक्त कार्यदलले राष्ट्रियसभाका लागि १३ सिट अन्य दलका लागि राखेर ४३ सिटमा उम्मेदवारी दिने सहमति गरेको थियो। जसमा एमालेलाई २९ र माओवादीलाई १४ गरी ४३ सिट वाम गठबन्धनका पक्षमा राख्ने गरी भागबन्डा टुंग्याएको थियो। कार्यदलको रिपोर्टलाई संयोजन समितिले अन्तिमरुप दिने छ।

पार्टी एकताको साझा दस्तावेज बनाउनेबारे दुई अध्यक्षले छलफल गरेका छन्। पार्टी एकता अघि यसको तयारीबारे उननीहरुबीच छलफल भएको थियो। गत असोज १७ गते पार्टी एकीकरण गर्ने घोषणासहित दुवै पार्टीले चुनावी गठबन्धन बनाएका थिए ।

 

 

प्रकाशित: ६ माघ २०७४ १३:०० शनिबार

एकताको साझा दस्तावेज बारे वालकोटमा छलफल