राजनीति

हर्कले भने, ‘बालेन र मैले काम गर्ने स्टाइल एउटै, म अझै कडा’

मेयर शाहलाई हर्कले लगाइदिए भादगाउँले टोपी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँका महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेर भादगाउँले टोपी लगाइदिएका छन्।

प्रधानमन्त्रीलाई भेट्न मङ्गलवार राजधानी आएका साम्पाङले मेयर शाहलाई  खुकुरी क्रस भएको भाद्गाँउले कालो टोपी लगाइदिएका हुन्। शाह अधिकांश समय यस्तै टोपीमा सजिएका हुन्छन्।

त्यसैगरी मेयर शाहले  साम्पाङलाई शान्तिको प्रतीक बुद्धको प्रतिमा उपहार दिए। हँसिलो माहौलमा दुई मेयरबिच भएको सौहार्दपूर्ण भेटलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। काम गर्ने शैलीका कारण आ–आफ्नो क्षेत्रमा चर्चित यी दुई मेयरको  भेटपछि सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आएका छन्।

‘बालेन हर्कको जोडी सधैँ कायम रहोस्,’ सामाजिक सञ्जालमा प्रवेश विष्टले लेखेका छन्, ‘यी दुवै आशाका किरण हुन्।’

‘बालेन र मेरो काम गर्ने स्टाइल एउटै हो,’ भेटपछिको एक अन्तर्वार्ता साम्पाङले मुस्कुराउँदै भने, ‘अझै म कडा !।

प्रकाशित: २७ मंसिर २०८० ०४:३३ बुधबार

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ काठमाडौँका महानगरपालिका मेयर बालेन शाह बालेन शाह