राजनीति

अखिल क्रान्तिकारी सीमाक्षेत्रमा जाने

काठमाडौं- नेपाली भूभाग मिचेर भारतले जंगे पिलर सारेको भनिएको दशगजा क्षेत्रमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारी स्थलगत अध्ययनको लागि जाने भएको छ। संगठनका उपाध्यक्ष विजय गौतमको नेतृत्वमा ८ सदस्यीय केन्द्रीय टोली पर्साको छकपैया जाने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

 नेपाली सीमा र अस्मितामाथि गम्भीर आघात पुर्‍याउने राष्ट्रघाती कदमलाई तत्काल रोक्नुपर्ने र हचुवाको आधारमा गरिएको सीमा सर्वेक्षणको काम तत्काल रोकी नेपाली पक्षका सदस्यलाई फिर्ता बोलाई कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्न सरकारलाई सुझाव दिएको छ। टोलीका अन्य सदस्यहरूमा उपमहासचिव जिपि मैनाली, सचिवद्वय गजेन्द्र देव र सूर्यनारायण शाह, केन्द्रीय सदस्यहरु शिवम शाह, इस्ककुमार पासवान, जुवेर आलम, सकिना बस्नेत रहेका छन्।  स्थलगत अध्ययनपछि थप संघर्षका कार्यक्रमको घोषणा गरिने पनि अध्यक्ष रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ४ माघ २०७४ १४:२७ बिहीबार

अखिल क्रान्तिकारी सीमाक्षेत्रमा जाने