राजनीति

कांग्रेस बैठक पुन: शुक्रबार ११ बजे बस्ने

काठमाडौं- नेपाली कांग्रेसको केन्दीय समिति बैठकमा शुक्रबार पुन बस्ने भएको छ। आजबाट सुरु भएको केन्द्रीय समिति बैठक भोली ११ बजे पुन: बस्ने छ। बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे नेताहरुले प्रश्न गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचमा पार्टीको हारबारे नेताहरुले छलफल गरिरहेका छन्।

निर्वाचनमा झड्का ब्यहोरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन दवाब दिएको थियो।  बैठकमा निर्वाचनको बारे समिक्षा भैरहेको छ। प्रधानमन्त्री देउवाले निर्वाचन समिक्षा अर्को बैठकमा गर्ने भन्दै राष्ट्रिय सभा निर्वाचनमा विषय केन्द्रीत गर्न भने पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे नेताहरुले सभापतिसँग प्रश्न गरेको एक केन्द्रीय सदस्यले बताए।

बैठकमा केन्द्रीय सदस्य दिपक गिरीले प्रदेशको अस्थायी मुकाम घोषणामा कमजोरी भएको भन्दै आक्रोस व्यक्त गरेका थिए।

 

प्रकाशित: ४ माघ २०७४ १४:१४ बिहीबार

कांग्रेस बैठक पुन शुक्रबार ११ बजे बस्ने