राजनीति

संघीय संसद्का महासचिव डा. गौतमको राजीनामा स्वीकृत, उनको स्थानमा पदमप्रसाद पाण्डे सिफारिस

सङ्घीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले दिएको राजीनामा स्वीकृत भएपछि उनको स्थानमा  पदमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ । उनको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरेको हो।

डा. गौतमले सङ्घीय संसद्को महासचिव पदबाट आइतबार राजीनामा दिएका थिए। उनी २०७७ वैशाख २२ गते उक्त पदमा नियुक्त भएका थिए।

उनको राजीनामा स्वीकृत भएपछि सङ्घीय संसद्का सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन्। पाण्डे अहिले प्रतिनिधिसभा सचिव पदमा कार्यरत छन्। 

नायव महान्यायाधिवक्ताबाट राजीनामा दिएका पाण्डेलाई तत्कालै प्रतिनिधिसभाको सचिव नियुक्त गरिएको थियो। 

प्रकाशित: २५ मंसिर २०८० ०६:२७ सोमबार

संघीय संसद्का डा. भरतराज गौतम पदमप्रसाद पाण्डे सङ्घीय संसद्को महासचिव राजीनामा