राजनीति

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलको राजिनामा

प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्। 

प्रधानमन्त्रीलाई मङ्सिर २० गते नै राजीनामा बुझाएको भए पनि अहिलेसम्म स्वीकृत नभएको उनको भनाइ छ। उनले राजिनामा दिनुको कारण नखुलाएपनि आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका साथ राजीनामा दिएको बुझिएको छ।

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता गजुरेललाई प्रधानमन्त्री दाहालले माघ ९ गते राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए।

प्रकाशित: २५ मंसिर २०८० ०५:३६ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिक सल्लाहकार हरिबोल गजुरेल राजीनामा