राजनीति

ओलीको टिप्पणी: कथा हालेर मेलम्चीको पानी काठमाडौं पुग्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

अध्यक्ष ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौँवासीका लागि सो पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने बताएका हुन।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राको क्रममा आज आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था नै नहुने दाबी समेत गरे । त्यस अवसरमा अध्यक्ष ओलीले जनतालाई निराश नहुन पनि आग्रह गरे। एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाई थियो।

अध्यक्ष ओलीले पार्टीको संकल्प यात्राको क्रममा लाखौँ जनताको साथ, माया र सम्मान पाएको भन्दै आभार समेत व्यक्त गरे। यात्राको क्रममा सोमवार (भोलि) उनले दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २४ मंसिर २०८० १५:२० आइतबार

मेलम्चीको पानी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा