राजनीति

विप्लव र वैद्य माओवादीबीच एकताको पहल सुरु

काठमाडौं- मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पार्टी एकताको लागि वार्ता टोली बनाउने निर्णय गरेको छ। पार्टीको स्थायी समिति बैठकले पार्टी एकता र कार्यगत एकता लगायतका विषयमा निर्णय लिएको थियो।

क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता भएको बताउँदै माओवादीले बताएको छ। माओवादीले विप्लवद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठनहरु एकताका लागि आधार तयार पार्न वार्ता टोली बनाएर ठोस पहल गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै दुई पार्टीको एकताको पहल औपचारिकरुपमा सुरु भएको छ। वैद्यसँग छुट्टिएर नेत्रविक्रम चन्दले फरक पार्टी बनाएका थिए।

भारतले सीमा अतिक्रमण गरेको भन्दै यसबारे तुरुन्तै कदम चाल्न सरकारसँत माग गरेको छ।

 

प्रकाशित: ३ माघ २०७४ १०:३६ बुधबार

विप्लव वैद्य माओवादीबीच एकताको पहल सुरु