राजनीति

मन्त्रिपरिषद् बैठक आज, प्रदेश प्रमुख तोकिने

काठमाडौँ – मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक आवश्यक तयारी नजुटेको भन्दै स्थगित भएपछि आज बिहान ९ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। 

याे पनि पढ्नुहाेस 
 प्रदेश प्रमुख छिटो तोक्न आयोगद्वारा दलको ध्यानाकर्षण

प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोक्ने भनि पटक पटक मन्त्रिपरिषद्को बैठक बसेपनि सरकारले अहिलेसम्म तोक्न सकेको छैन्। 

प्रमुख दलहरूसँगको परापमर्शपछि आज बस्ने बैठकले सातै वटा प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने अन्तिम तयारी गरेको छ। 

प्रदेश राजधानीको माग गर्दै ठाउँ ठाउँमा आन्दोलन चर्किदै गएपछि सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेको हो । 

 

 

प्रकाशित: ३ माघ २०७४ ०२:३९ बुधबार

मन्त्रिपरिषद् बैठक प्रदेश प्रमुख तोकिने