राजनीति

राजतन्त्र फर्कँदैन: ओली

एमाले अध्यक्ष ओलीले पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुलुकमा राजतन्त्र फर्कन नसक्ने दाबी गरेका छन्।

‘जसरी २०६५ साल फर्कन सक्दैन, त्यसैगरी राजतन्त्र पनि फर्कँदैन’, उनले भने। सो अवसरमा उनले आगामी निर्वाचनमार्फत एमालेले एकल बहुमत ल्याउने दाबी पनि गरे।

यही मङ्सिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा सङ्कलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्र निर्माणको खाका र योजना बनाउने उनको भनाइ थियो।

प्रकाशित: २१ मंसिर २०८० १३:२१ बिहीबार